
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभागले गुगल प्लस कोड प्रयोगमा ल्याएको छ। केही समयअघि मन्त्रालयले हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य – सञ्चालन प्रक्रिया, २०७७ रार्यविधि नै पास गरेर यसको सुरुवात
अव्यवस्थित सहरीकरणले ठूला – ठूला बस्तीका घर र कार्यालयमा चिठीपत्र पुर्याउने काम असहज बन्दै गएपछि हुलाकले नयाँ प्रविधिको रुपमा यसलाई अघि बढाएको हो। योसँगै गुगल पल्स कोडलाई आधार मानेर प्रापकको घर वा कार्यालयसम्म चिठीपत्र पुर्याइने छ।
अर्थात हुलाक सेवा प्रदान गर्ने कार्यालयले गुगल प्लस कोड पद्दतिअनुरुप विद्युतीय माध्यमबाट प्रापकको यकिन ठेगान पहिचान गरी हुलाक सेवा उपलब्ध गरा यसको अर्थ अब सामान पठाउने व्यक्तिले उपलब्ध गराएको गुगल प्लस कोडका आधारमा उक्त कोडलाई पछ्याएर सामान तोकिएको स्थानमा पुर्याइने छ।
यसरी हुलाकले गुगल प्लस कोडलाई आधार मानेर चिठीपत्र आदानप्रदान गर्ने भएसँगै अब तपाईंको आफ्नो गुगल प्लस कोड अर्थात तपाईंको डिजिटल ठेगानाको बनाई राख्नुपरने यो सेवामा जोडिन सार्वजनिक कार्यालयले आफ्नो प्लस कोड जेनेरेट गरी कार्यालयको नाम अंकित बोर्डमा स्पष्ट बुझिने गरी देखिने ठाउँमा राख्नुपर्ने भनिएको छ।
व्यक्तिको हकमा भने आफ्नो कोड जेनेरेट गरी स्वयम् वा स्थानीय टोल सुधार समिति वा स्थानीय निकायको सहजीकरणमा आफ्नो घर वा संरचनाबाहिर सेवाप्रदायक तथा अन्य सर्वसाधारणले स्पष्ट देख्ने गरी कोड अंकित निलो रंगको प्लेटमा सेतो अक्षरले लेखेर राख्नुपर्ने भनिएको छ.
त्यसैले यहाँ हामी तपाईंहरुलाई आफ्नो डिजिटल परिचय अर्थात गुगल प्लस कोड कसरी पत्ता लगाउने भनी प्रक्रियागत रुपमा सिकाउँदै छौं। उक्त प्रक्रियाको विषयमा बुझ्नुअघि गुगल प्लस कोडसँग सम्बन्धित केही कानूनी प्रक्रियाको विषयमा जानकारी राख्न जरुा
के छ कार्यविधिमा?
कार्यविधि अनुसार यदि गुगल प्लस कोडका आधारमा सामान डेलिभरी गर्दा उक्त स्थानमा व्यक्ति नभेटिएको खण्डमा सामान तत्कालै सम्बन्धित कार्यालयमा फि यसको अर्थ गुगल प्लस कोड सही ठाउँको हुनुपर्छ।
त्यसैले यसरी कोड जेनेरेट गर्दा घर तथा कार्यालयको मुख्य द्धारलाई आधार मानेर गर्नुपर्ने भनिएको छ। भाडा लिएर कोठामा बस्नेहरुको हकमा उनीहरुले उक्त घरको मुख्य द्धारलाई आधार मान्न सकिने छ।
गुगल प्लस कोड कसरी जेनेरेट गर्ने?
माथि उल्लेखित जानकारीपछि अब गुगल प्लस कोड कसरी प्रयोग गर्ने भन्ने विषयमा हामी तपाईंहरुलाई जानकारी दिँदैछौं।
गुगल प्लस कोड मोबाइल तथा ट्याब्लेटबाट र ल्यापटप तथा कम्प्युटरबाट जेनेरेट गर्ने प्रक्रिया केही फरक भएकाले हामी यहाँ डिभाइस अनुसार काईंल
मोबाइल तथा ट्याब्लेटमा गुगल प्लस कोड गर्ने तरिका
मोबाइल तथा ट्याब्लेटमा गुगल प्लस कोड जेनेरेट गर्न सुरुमा ‘गुगल म्याप्स’ एप खोल्नुहोस्।

अब तपाईंलाई कुन स्थानको गुगल प्लस कोड चाहिएको हो, उक्त स्थानमा गुगल म्याप्समा पुग्नुहोस्। त्यसका लागि तपाईंले गुगल म्याप्सको माथि रहेको सर्च बटन प्रयोग गर्न सक्नुहुन्छ। अथवा तपाईंले म्याप्सलाई औंलाले घुमाएर जुम गर्दै पनि आफूले खोजको स्थानमा पुग्न सक्नुहुन्छ।

जब तपाईंले आफुले खोज्नुभएको सही ठाउँको लोकेशन गुगलमा फेला पार्नुहुन्छ, तब उक्त लोकेशनमा एकछिन क्लिक गरी राख्नुहोस्। केहीबेर क्लिक गरी छाड्दा त्यहाँ गुगल म्याप्सकाे रातो लोकेटर पिन देखिने छ।

अब उक्त पिनलाई एकपटक टच गर्दा नयाँ स्क्रिन देखापर्नेछ। जसमा धेरै विकल्पहरु देखा पर्नेछन्। त्यसमध्ये पाँच वटा थोप्लो भएको एउटा अप्सन रहेको छ। जहाँ ६ अंकको कोड लेखिएको हुनेछ। भने, साइडमा तपाईंको स्थानको नाम समेत लेखिएको हुनेछ। उदाहरणका लागि (PHR9 + 6Q Gaibribisaura Deupur)।

त्यही नै तपाईंको गुगल प्लस कोड हो। तपाईंले त्यहाँ क्लिक गर्ने बित्तिकै स्वतः उक्त कोड कपी हुनेछ। जुन तपाईंले आफ्ना साथीलाई पठाउन सक्नुहुनेछ।
यो त थियो यदि तपाईं लोकेशनभन्दा अन्तै हुनुहन्छ र उक्त लोकशनको गुगल प्लस कोड आवश्यक पर्यो भने। ,र, यदि तपाईं अहिले जुन स्थानमा हुनुहुन्छ, त्यही लोकेशनको गुगल प्लस कोड आवश्यक परेको खण्डमा के गर्ने त?
त्यसका लागि सुरुमा गुगल म्याप्स खोल्नुहाेस्। म्याप्स खाेलेसँगै म्याप्सको दाँया साइडको तल दुई वटा अप्सन देख्नुहुनेछ। जसमध्ये निलो रंगमा रहेको डिरेक्सन हो भने अर्कोमा क्लिक गर्दा गुगलले तपाईं भएको सही लोकेशन पत्ता लगाउने छ।

त्यसैले अब उक्त दोस्रो विकल्पमा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गर्नेबित्तिकै गुगलले तपाईं उभिनु भएको लोकेशन ंगको रंगको लोकेट पिनले देखाउने छ।

अब उक्त पिनमा क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गर्नेबित्तिकै स्क्रिनको तल एउटा बक्स देखापर्नेछ। उक्त बक्सलाई तलबाट माथितिर तान्नुहोस्।

त्यसरी तान्दा अब तपाईं नयाँ पेजमा पुग्नुहुनेछ। जहाँ विभिन्न विकल्पहरु रहेका छन्। उक्त विकल्पहरुको तल ‘सी अल’ भन्ने अप्सन रहेको छ। उक्त अप्सनमा क्लिक गर्नुहोस्।

जहाँ तपाईंले सुरुमै ६ अंकको कोड लेखिएको देख्नुहुन्छ। भने, साइडमा तपाईंको स्थानको नाम समेत लेखिएको हुनेछ। उदाहरणका लागि (M8WH + 78 Katmandu)।

त्यही नै तपाईंको बसिरहेको ठाउँको गुगल प्लस कोड हो। तपाईंले त्यहाँ क्लिक गर्नेबित्तिकै स्वतः उक्त कोड कपी हुनेछ। जुन तपाईंले आफ्ना साथीलाई पठाउन सक्नुहुनेछ।
ल्यापटप तथा कम्प्युटरमार्फत गुगल प्लस जेनेरेट गर्ने तरिका
अहिलेसम्म हामीले मोबाइल तथा ट्याब्लेटबाट गुगल प्लस कोड जेनेरेट गर्ने तरिका सिक्यौं। अब हामी ल्यापटप तथा कम्प्युटरबाट कसरी गुगल कोड …